ललितपुर ठूला दुर्लुङमा १५ वर्षीया किशोरी बलात्कृत

मंगलबार, वैशाख ६, २०७९

ललितपुर, ६ वैशाख । दक्षिण ललितपुरको ठूलादुर्लुङमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठूला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ । 
सिवाकोटीले ती किशोरीलाई ललाई फकाई  २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार