उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत 

मंगलबार, वैशाख ६, २०७९

उदयपुर, ६ वैशाख  । उदयपुरमा १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ खोलटार बस्ने ४० वर्षीय सन्तोष जोशीलाई सोमबार पक्राउ गरेको छ ।  ती किशोरीलाई सन्तोषले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार