एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

मंगलबार, वैशाख ६, २०७९

काठमाडाैं, ६ वैशाख । स्थानीय तहकाे निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएकाे छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसाे १ बजे राष्ट्रियसभामा एकता हुन लागेकाे हाे ।   कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार