कलभर्टमा मोटरसाइकल पल्टीदा चालकको मृत्यु 

मंगलबार, वैशाख ६, २०७९

धनुषा, ६ वैशाख । धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।  दुर्घटनामाा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ बर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको छ ।  महोत्तरीबाट जनकपुर तर्फ जादै गरेको ज१प ७४ ५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार