चहलको ह्याट्रिक, बटलरको सतक र राजस्थानको जित

मंगलबार, वैशाख ६, २०७९
Global Ime Bank

काठमाडौं, ६ वैशाख  । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित हात पारेको छ । सोमबार राति मुम्बईमा राजस्थानको जितमा स्पिनर युजभेन्द्र चहलले ह्याट्रिक र जस बटलरको शतक प्रहार गरे ।२१८ रनको विजयी लक्ष्य पाएको कोलकाता १९ ओभर ४ बलमा २१० रनमा समेटियो ।

कोलकाताका कप्तान श्रेयस ऐरले सर्वाधिक ८५ रन बनाए । आरोन फिन्चले ५८ रनको योगदान गरे ।युजभेन्द्र चहलले ४ ओभरमा ४० रन खर्चेर ५ विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१७ रन बनायो ।राजस्थानका जस बटलरले ६१ बलमा बिष्पोटक ब्याटिङ गर्दै १०३ रन बनाए ।बटरलको जारी सिजनमा दोस्रो शतक हो कोलकाताका सुनिल नारायणले सर्वाधिक २ विकेट लिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार