तीन महिनामा छजनालाई गोहीले खायो

सोमबार, वैशाख ५, २०७९

दार एस सलाम, ५ वैशाख  ।  तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छजनालाई गोहीले खाएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो । सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो ।
यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताए ।  उनले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताए । उनले  यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुृरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिए  । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार