Chhath Banner
Chhath Banner

कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट

छोराको पढाइको जिम्मेवारी लिने आश्वासन
आइतबार, कात्तिक २९, २०८३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् ।  छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको ईभी गाडी भिमफेदीको चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेका थिए । उक्त दुःखद दुर्घटनामा एकै परिवारका छ जनासहित सुन्दरपुरका १३ जना र चालकसमेत गरी कुल १४ जनाको मृत्यु भएको थियो । दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादवसँग सभापति थापाले भेटघाट गरी परिवारको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले परिवारमा बाँकी रहेका एकमात्र जीवित छोराको शिक्षादीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कक्षा १० सम्मको अध्ययन गराउने आश्वासन दिएका छन् ।  दुर्घटनाबाट प्रभावित परिवारसँग भेट गर्दै सभापति थापाले दुःखको यस घडीमा परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार