आसाममा चट्याङ लागेर १४ को मृत्यु

सोमबार, वैशाख ५, २०७९

नयाँ दिल्ली, ५ बैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँ आएको भीषण वर्षा र चट्याङ्मा परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।
आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पु¥याएको थियो ।
आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठजनाको ज्यान गएको थियो भने आइतबार थप छजनाको ज्यान गएको थियो । यहाँ चट्याङबाट मात्र अरू दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् ।
यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समयसमयमा नागरिकको ज्यान जाने गरेको छ । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दसौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ ।   
 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार