सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ५ वैशाख । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । ‘६ वटा महानगरमा सबै गठबन्धनले लिने होइन होला । एउटा त माओवादीले पाउला,’ उनले भने, यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ।’ भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने बैठकमा ६ महानगर र ११ उपहानगरमा भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए ।
याे पनि पढ्नुहोस्
स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने - https://www.sabdapati.com/news-detail/22486
गठबन्धनलाई संयुक्त चुनावी सभा गर्नै मुस्किल - https://www.sabdapati.com/news-detail/22484
प्रचण्ड बाहिरिएपछि गठबन्धन बैठक स्थगित, साँझ फेरि बस्ने
https://www.sabdapati.com/news-detail/22507
माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले पार्टी छाडे
https://www.sabdapati.com/news-detail/22506
निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड
https://www.sabdapati.com/news-detail/22509