निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

सोमबार, वैशाख ५, २०७९

काठमाडौं, ५ वैशाख  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनको मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे । निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको छ तर वास्तवमा कुनै पनि हालतमा निर्वाचन नसार्ने गठबन्धनको छलफल भएको बताए । उनले भने "केही समय अगाडी गठबन्धनसँग बसेको बैठकले निर्वाचन नसार्ने" बताएका  छन् । साथै निर्वाचनको विषयमा छलफल गनर्को लागि पत्रकार सम्मलेन पछि पनि जाने उनले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार