स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने

सोमबार, वैशाख ५, २०७९

काठमाडौं, ५ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन् । पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए ।  पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ ।  उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् । गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ । त्यसका लागि बैठक केहीबेरमा बस्दै छ । तर, आ–आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन् । जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल परेको छ । 

 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार