चौथो जितसंगै बैंगलोर तेस्रो स्थानमा उक्लियो

आइतबार, वैशाख ४, २०७९
Global Ime Bank

काठमाडौं, ४  बैशाख : दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।

शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा  दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन  बनाउन सक्यो ।  

दिल्लीका  डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पा-र्यो ।

बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले  ५५ रनको योगदान गरे ।

जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा  छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार