युक्रेनी राष्ट्रपतिको दाबी, 'युद्धमा ३ हजार युक्रेनी र २० हजार रुसी सेना मारिए'

शनिबार, वैशाख ३, २०७९
Global Ime Bank

किभ, ३ वैशाख : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा २५ सयदेखि ३ हजार युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको सो युद्धमा १० हजार युक्रेनी सेना घाइते भएको उनले बताएका छन् । 

‘युद्धमा नागरिक हताहतको कुनै गणना छैन’, अमेरिकी समाचार संस्था सीएनएनलाई उनले भने । युद्धमा १९ हजारदेखि २० हजार रुसी सेना मारिएको उनको दाबी छ । मस्कोले गत महिना युद्धमा आफ्ना १३५१ सेना मारिएको र ३ हजार ८२५ जना घाइते भएको जनाएको थियो । 

युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुबै पक्षले आआफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।

जेलेन्स्की भन्छन्, 'रुसले आणविक हतियार प्रयोग गर्न सक्छ'

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो ।  ‘रुसले यो गर्न सक्थ्यो, मेरो मतलब तिनीहरूले गर्न सक्छन्’, जेलेन्स्कीले भने, ‘संसारका सबै’ चिन्तित हुनुपर्छ । 

राष्ट्रपति पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेको केही दिनपछि नै आफ्ना आणविक सेनालाई अलर्टमा राखेका थिए । जेलेन्स्कीले अगाडि भने, ‘उनीहरूले रासायनिक हतियारहरू प्रयोग गर्न सक्थे । तिनीहरूका लागि जनताको जीवन केही होइन ।’-एजेन्सी

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार