ह्वीलचियर बास्केटबल प्रतियोगिता सुरु

शनिबार, वैशाख ३, २०७९
Global Ime Bank

भक्तपुर, ३ बैशाख  । चाँगुनारायण नगरपालिकाको प्रायोजनमा प्रथम चाँगुनारायण ह्वील चियर प्रतियोगिता सुरु भएको छ । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजनामा शनिवारदेखि प्रतियोगिता सुरु भएको हो ।  

प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गरेका हुन् । सो क्रममा उनले काठमाडौं महानगरपालिकाको सहयोगमा चाँगुनारायण मन्दिरको पर्यटन विकासका लागि आएको सहयोगलाई मन्दिरसम्म पुग्न अपाङ्गमैत्री सडक निर्माण गर्न लागेको जानकारी गराए । उनले यस्ता प्रतियोगिताका लागि बजेट बन्नुभन्दा पहिले नै योजना ल्याउनसमेत आग्रह गरे । 

प्रतियोगितामा सात टिम पुरुष र चार टिम महिलाको सहभागीता रहेको छ । पहिलो खेलमा जाउलाखेल क्लबलाई त्रिभुवन आर्मी क्लबले २१, ३३ ले पराजित गरेको छ । अरु खेल जरी छन् । प्रतियोगिताको फाइनल पनि आजै हुने जनाइएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र पनि दिइनेछ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार