खुमलटारमा माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी 

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं, २ बैशाख । आसन्न स्थानिय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानिय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बिचमा हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्नेछ । ‘गठबन्धनका आवद्ध दलका बिचमा केन्द्रमा भएका सहमति र स्थानिय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भईरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले न्युज कारखानासँग भने । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार