सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले निर्धारित मितिमा स्थानीय तहको निर्वाचन हुनेमा शंका व्यक्त गरेपछि आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
‘निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सवैलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्वन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।