कमल थापाकी छोरी प्रतिष्ठाले राप्रपा  त्यागिन्

बुधबार, चैत ३०, २०७८

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छिन् । राप्रपा महाधिशेनमा राजेन्द्र लिङदेनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । उनी हाल राप्रपा नेपालकाे अध्यक्ष छन् ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार