बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बुधबार, चैत ३०, २०७८

बझाङ, ३० चैत । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् ।  आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो ।  जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार