दोस्रो हारसँगै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

सोमबार, चैत २८, २०७८
Global Ime Bank

काठमाडौं, २८  चैत । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे  छ। कीर्गिस्तानको बिस्केकमा  ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल  चौथो स्थानमा छ । शीर्ष स्थानको  ताजकिस्तानको चार अंक छ  भने  दोस्रो स्थानकाे  उज्वेकिस्तनको तीन अंक  छ ।  तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ । ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार