९३ केजी गाजासहित धादिङका तामाङ्ग महोत्तरीमा पक्राउ

सोमबार, चैत २८, २०७८

महोत्तरी, २८ चैत । महोत्तरीमा प्रतिबन्धित लागुऔषध (गाजा) सहित एक जना पक्राउ परेका छन । विशेष सुचनाका आधारमा ससस्त्र प्रहरी छिनमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराती  धादिङ्ग थाक्रे निवासी ३६ बर्षिय रमेश तामाङ्गलाइ पक्राउ गरेको हो ।  छिनमस्ता बाहिनीका बाहिनिपती गणेश ठाडामगरका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका सुनौल गाउँवाट उनी सवार ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको छ । थप अनुसन्धानको लागी ना ३ ७९३५ नम्बरको ट्रक र आरोपित तामाङलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाउने तयारी भैइरहेको ससस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख समेत रहेका ठाडामगरले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार