सोसल मिडिया
Contact Us
युनिकोड
झापा, २८ चैत । झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा आइतबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २९ वर्षीय संयम बजगाई रहेका छन् । उनको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ना ६ ख ६४ ५५ नम्बरको ट्रकले बजगाईले चलाएको बा १५ प ८२ ०२ नम्बरको मोटरसाईकललाई हिजो बेलुकी सवा ८ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनि झापाले जानकारी दिएको छ ।