बाढी प्रभावित क्षेत्रलाई १४ करोड रुपैयाँ सहायता

शनिबार, चैत २६, २०७८

सिन्धुपाल्चोक, २६ चैत । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मेलम्ची बाढीले पु¥याएको क्षतिको अवलोकन तथा निरीक्षण गरेका छन् । अवलोकनपश्चात मुख्यमन्त्री पाण्डेले बाढीपीडित सरोकार समितिले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू–संरक्षणमार्फत चार करोड बजेट निकासा भएको जानकारी दिए । 

उनले द्रुतगतिमा काम गर्न निर्देशन दिँदै १० करोड रुपैयाँ रकम थप गर्ने योजना रहेकोसमेत उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले यस भेगमा बाढीले अतुलनीय क्षति पु¥याएको भन्दै तत्काल आवश्यकता अध्ययन गरी काम थाल्न निर्देशनसमेत दिए । उनले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाललगायतलाई सहजीकरण गर्न आग्रह गरे । 
उनले ५० लाख रुपैयाँ भन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान रहेकाले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा ५०–५० लाख रुपैयाँको योजना बनाएर उपभोक्ता समितिमार्फत तत्काल कार्य गर्न अनुरोध गरे । पाण्डेलाई विज्ञको सुझावका आधारमा तयार पारेर मेलम्ची नगरपालिकालाई बुझाएको प्रतिवेदनका बारेमा समेत मेलम्ची नगरप्रमुख डम्बर अर्यालले जानकारी गराए । 
बाढीपीडित सरोकार समितिको तर्फबाट कार्यक्रममा समितिका संयोजक उपेन्द्र तामाङ मुख्यमन्त्री पाण्डेलाई विभिन्न माग राख्दै ध्यानाकर्षणपत्र बुझाएका थिए । त्यस्तै उनी आजै हेलम्बु क्षेत्रमा पुगी त्यहाँका स्थानीयवासीका गुनासो सुनेका छन् । असार १ र त्यसपछिको बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो ।–रासस 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार