टिपर दुर्घटनामा सहचालकको मृत्यु

शनिबार, चैत २६, २०७८

काठमाडौँ, २६ चैत । काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो । टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।
 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार