च्याउ खेतीप्रति मुगुका महिलाकाे आकर्षण

शुक्रबार, चैत २५, २०७८

मुगु, २५ चैत । मुगुका महिलाहरू च्याउ खेतीमा आकर्षित भएका छन् । मा रमाउन थालेकि छन् । परम्परागत रूपमा गरिएका कृषिले जीविकोपार्जन गर्नै मुस्किल हुन थालेपछि मुगुका  धेरै किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।  छायाँनाथ रारा नगरपालिका–६ का महिलाहरूले समूह नै बनाएर च्याउ खेती सुुरु गरेका छन् । नयाँ कृषिकर्मबाट आत्मनिर्भर बन्न सहज हुने अपेक्षा समूहमा आबद्ध महिलाले गरेका छन् ।  

च्याउ खेती सुरु गरेपश्चात आधारभूत आवश्यकता टार्नेदेखि  अतिरिक्त आम्दानी हुने उनीहरू आशावादी छन् । उनीहरूले च्याउ खेतीसँगै परम्पराग बालीलाई पनि निरन्तरता दिँदै आएको धनलक्ष्मी भामले बताइन् ।  मुगुमो च्याउको प्रतिकिलो पाँच सय रुपैयाँका किनबेच हुने गरेको छ । मुगुको हावापानी च्याउका लागि उपयुक्त रहेको विज्ञहरू बताउँछन् । 
प्राविधिक दृष्टिले मुगुमा च्याउ खेती गर्न फागुनदेखि भदौसम्मको समय ठिक हुने उनीहरूको भनाइ छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार