मोरङमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

शुक्रबार, चैत २५, २०७८

काठमाडौं, २५ चैत । मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा बिहीबार बेलुकी पिकअप भ्यानको ठक्कटरबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमाल रहेका छन् ।  घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा गएराती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । को १ च ६३ ९९ नम्बरको भ्यानले धिमालले चलाएको को ३२ प ६९ ३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो ।  ठक्कर दिने भ्यान सहित चालक ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार