ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु 

बिहीबार, चैत २४, २०७८

ललितपुर, २४ चैत : ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् । 

पैदल हिडीरहेका बालकलाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा शनिबार साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कार सहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु 

चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

गहना लुटपाटपछि महिलाको हत्या

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । 

घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार