धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण

बुधबार, चैत २३, २०७८

काठमाडौं, २३ चैत । बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्किम अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो ।  नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । 
 

 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार