ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार 

बुधबार, चैत २३, २०७८

काठमाडौं, २३ चैत । बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको  रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।   प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो ।  ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार