सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ

बुधबार, चैत २३, २०७८

काठमाडौँ, २३ चैत । सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको  ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको भाउ  पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार