पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

बुधबार, चैत २३, २०७८

काठमाडौं, २३ चैत । पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका छन् ।  दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंज स्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।  मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतिय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टीएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार