बाँकेमा १०१ मतदानस्थल अति संवेदनशील

मंगलबार, चैत २२, २०७८

नेपालगञ्ज, २२ चैत  । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन । जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । ‘वादविवाद हुने, झगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौँ’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने  । उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए । 

यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए  । उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे  ।  

विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता सङ्ख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए  । 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार