मन्त्री आलेको स्पष्टीकरणविरुद्धको रिटमा न्यायाधीश चुडालको इजलासमा

मंगलबार, चैत २२, २०७८

काठमाडौं, २२ चैत ।अनाधिकृत रूपमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । रिटको पेसी न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ । पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री प्रेमबहादुर आलेलाई विपक्षी बनाएका छन् । 

उनले रिटमार्फत अनाधिकृत व्यक्ति र निकायबाट स्पष्टीकरण सोध्न नमिल्ने र त्यसलाई बदर गर्न माग गरेको न्युज कारखानालाई बताए । मन्त्री आलेले वायुसेवा निगमको बैठकमा नगई असहयोग गरेको लगायत विषयमा स्पष्टीकरण सोधेका थिए । हाल पौडेल मन्त्रालयमा तानिएका छन् । यसपछि उनी १० चैतमा सर्वोच्च अदालत पुगेका हुन् । 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार