कांग्रेसले अस्तित्व स्वीकार नगरे एक्लै चुनाव लड्छाैं : समाजवादी

मंगलबार, चैत २२, २०७८

अछाम, २२ चैत । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले अछाममा १० वटै स्थानीय तहमा सम्मानजनक गठबन्ध हुनुपर्ने बताएका छन् । तर, नेपाली कांग्रेसले समाजवादी पार्टीको सहअस्तित्व अस्वीकार गरेमा समाजवादी १० वटै स्थानीय तहमा एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउक समाजवादी पार्टीको पनि महत्ववूर्ण भूमिका रहेको बताउँदै कुँवरले त्यसको हेक्का राख्न सुझाव दिए । कुँवरले यो गठनबन्धन केपी ओलीको राष्ट्रघातविरुद्ध बनेको बताए । 'एमालेले राप्रपासँग गठबन्धन गरेर हलो चिन्हमा मत हाल्न लगाउने अनि हामीले कांग्रेससँग गठबन्धन गरेर रुखमा भोट हाल्दा फरक पर्ने? उनले प्रश्न गरे,'हामीले मात्रै कांग्रेसको रुख चिन्हमा मतदान गर्ने हाेइनन, कांग्रेसले पनि समाजवादीको कलममा भोट हाल्छ ।'

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार