प्रस्तावित नयाँ प्रधानमन्त्रीमा गुलजार

पाकिस्तानमा राजनीतिक संकट
मंगलबार, चैत २२, २०७८
Global Ime Bank

इस्लामावाद, २२ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् । जारी राजनीतिक संकटबीच पीटीआई अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले अहमदलाई काचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका हुन् । आईतबार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति डा. अरिफ अल्भीले पाकिस्तानको संसद विघटन गरेका थिए । खानविरुद्धको अविश्वासको प्रस्तावलाई तल्लो सदन नेसनल एसेम्ब्लीका  उपसभामुखले खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।अविस्वासको प्रस्तावको खारेजी र संसद विघटनविरुद्ध विपक्षीले सर्वोच्च अदालतमा उजुरी दिएका छन् । उजुरीबारे आज सुनुवाई हुँदैछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार