सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २० चैत : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए । भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ ।
प्रधानमन्त्रीको रुपमा होइन पार्टी सभापतिको रुपमा भाजपा कार्यालय भ्रमण : परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् ।
तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसटँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।
चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ ।