३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब

आइतबार, चैत २०, २०७८

काठमाडौं, २० चैत । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ । लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न । बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त ९१००, इमरजीन नेपाल ९९.९९० नेश्डो लघुबित ९९.९९० प्रतिशतले बढेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार