फुटबलः मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

आइतबार, चैत २०, २०७८
Global Ime Bank

काठमाडौँ, २० चैत  । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।सातदोबाटोस्थित एन्फाअखिल नेपाल फुटबल सङ्घ एन्फा  कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् ।

    बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने  समान खेल खेलेको भगवतीले  १५ अङ्क जोडेको छ । लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा  शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली  रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार