प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, चैत १८, २०७८
प्युठान, १८ चैत : प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा  मृत्यु भएको हो ।
लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो । बस सहित चालकलाई इलाका प्रहरी कार्यालय बिजुवारले नियन्त्रणमा लिएको छ ।
 
पाल्पामा जिप दुर्घटना, चालकसहित ११ जना घाइते 

पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालक सहित ११ जना घाइते भएका छन् । 

घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ ।

सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार