सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १८ चैत : काठमाण्डौको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका काठमाण्डौ महानगरपालिका–१ घर भएका ६४ बर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।
बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।
विराटनगरमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोरङको विराटनगर महानगरपालिका–१४ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङकै विराटनगर महानगरपालिका–९ का ४२ वर्षीय पुष्पराज देउजा रहेका छन् ।
गम्भीर घाइते भएका देउजाको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा शुक्रबार बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल नम्बर नखुलेको सवारी साधनले गएराती १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।