नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने

बिहीबार, चैत १७, २०७८
Global Ime Bank

गण्डकी, १७ चैत  । आगामी चैत २३ गतेदेखि २५ गतेसम्म अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको छाता संस्था  एफएआईबाट मान्यता प्राप्त नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिपको २०औँ संस्करण हुने भएको छ ।

    नेपाल हवाई खेलकुद संस्था ना द्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी थालिएको जानकारी गराइयो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोगमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक बलराम आचार्यले जानकारी दिए  ।

 एफएआईका अन्तर्राष्ट्रिय च्याम्पियनसिप, नेपालमा हुने प्याराग्लाइडिङ वल्र्डकप तथा प्रि–वल्र्डकप र पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारीका लागिसमेत प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले जानकारी दिए  । प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार विधामा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । त्यसैगरी प्रतिस्पर्धाअन्तर्गत ल्याण्डिङ ओभरअलको प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ५०, ३०, २० र १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फ भने सो विद्याअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् ।

अन्य विधातर्फको एक्युरेसी टेन्डम पुरुषअन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश नगद रु ३०, २०, १० र पाँच हजार प्राप्त गर्नेछन् भने एयर शोतर्फ वेष्ट एक्रोबेटिक शोतर्फ प्रथम हुनेले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोे हुनेले नगद पाँच हजारका साथमा मेडल र प्रमाणपत्र गर्नेछन् । त्यसैगरी वेष्ट कस्टुयुमतर्फ पुरस्कार प्रदान गरिने छ । उक्त प्रतियोगितामा वेष्ट कस्टुयुमतर्फ नगद १० हजार प्रदान गरिनेछ ।

 कोरोनाका कारण दुई वर्षदेखि स्थगित प्रतियोगिता यसवर्ष सञ्चालन हुन लागेको र प्रतियोगितामा महिला र पुरुष गरी करिब १०० जना खेलाडीको सहभागिता रहने नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए  । उनका अनुसार पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ५०० को हाराहारीमा प्याराग्लाइडिङ पाइलटहरू छन् । कोरोनाका कारण प्रभावित पर्यटनलाई अघि बढाउन प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा प्रतियोगिता निर्णायक समितिका संयोजक योगेश भट्टराई, सह संयोजक अनिल केसी, नेपाल पर्यटन बोर्डका प्रबन्धक नवीन पोखरेल, संस्थाका सचिव माधव तिवारीलगायतले साहसिक खेल र यसले पर्यटनमा पार्ने प्रभावलगायतमा बोलेका  थिए  । 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार