बढुवा भएका एआइजीले लगाए दर्ज्यानी चिन्ह

बिहीबार, चैत १७, २०७८

काठमाडौं, १७ चैत : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् । एआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् ।  प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।  मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले मात्र उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले गत १ चैतमा तीनै जना डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध अन्य तीन जना डिआइजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो ।  उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । 

धानुक र सिंह पनि आइजिपीका दाबेदार, को बन्ला नयाँ प्रहरी प्रमुख ?

नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन् । डिआइजीहरू वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका हुन् । यीसँगै नेपाल प्रहरीमा ९ जना एआईजी भएका छन् । ती मध्ये आठ जना जनपदतर्फका छन् । भने एक जना प्राविधिकतर्फका छन् । तीनै आठ जनामध्येबाट भावी प्रहरी प्रमुख नियुक्त गरिनेछ । आठ जनामध्ये चार जनाबीच मात्रै प्रतिस्पर्धा हुनेछ । 

अब एआइजिपीहरू विश्वराज पोखरेल, सहकुल थापासँगै आजबाट थपिएका सिंह र धानुकबीच प्रतिस्पर्धा हुनेछ । चारै जना एआईजीहरू एउटै ब्याची हुन् । चारै जना २९ चैत २०४९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

पन्त भने वर्तमान आइजिपी शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउँदैछन् । जसले गर्दा उनी आइजिपीको दौडबाट बाहिरिनेछन् । आइजी क्षेत्रीका ब्याची एआईजीहरू हरि बहादुर पाल, प्रद्युम्न कार्की र नीरज शाही पनि १९ वैशाखदेखि अवकाश पाउँदैछन् ।  

सरकारले गत ५ फागुनमा नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकट मानिएका सिंह र धानुकलाई आइजिपीको प्रतिस्पर्धामा ल्याउन दरबन्दी थप गरेको आरोप लाग्ने गरेको छ । 

अब नयाँ प्रहरी प्रमुख को बन्ने भन्ने सरकारको हातमा छ । प्रहरी प्रमुख नियुक्त गर्दा वरीयताक्रम तथा कार्य सम्पादन मूल्यांकन हेरेर गर्नुपर्ने हुन्छ । तर, सरकारले आफू अनुकूलका प्रहरी अधिकृतलाई नियुक्त गर्दै आएको छ । 

अब चार जनामध्ये कसले नेपाल प्रहरीको २९औं प्रहरी प्रमुखको जिम्मेवारी पाउनेछन् ? यो आम चासोको विषय छ ।  प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोखरेल एसपी बढुवा हुँदा आफ्नो ब्याचको पाँचौं स्थानमा थिए । त्यो बेला धिरजप्रताप सिंह ब्याचको पहिलो नम्बरमा थिए । तर, एसएसपी बढुवादेखि पोखरेल पहिलो नम्बरमा आए । 

हालका आइजी क्षेत्रीको ब्याचसँगै बढुवा भएका पोखरेलले त्यो बेलासमेत अघिल्लो ब्याचकालाई पछि पारे । सडक दुर्घटनामा डिआइजी सुशील भण्डारीको मृत्यु भएपछि पोखरेल वैशाख २०७६ मा एक्लै डिआइजीमा बढुवा भए ।

त्यसपछि उनी १५ मंसिर २०७७ मा एआईजीमा बढुवा भए । त्यो पनि दरबन्दी थप गरेर । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो । 

अस्वाभाविक छलाङ मारेका पोखरेल आइजिपीको प्रबल दाबेदार हुन् । तर, उनलाई एमालेको ट्याग लागेकाले सम्भावना कम देखिन्छ । निर्वाचनमा आफूहरूलाई सहयोग नगर्ने चिन्ता प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणको छ । जसले गर्दा दुवै जनाको रुचिमा पोखरेल परेका छैनन् । 

आइजिपी बन्न चर्को लबिङ गर्ने अर्का एआईजी हुन् सहकुल थापा । 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार