पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु 

बिहीबार, चैत १७, २०७८

पर्सा, १७ चैत : पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल ठोक्किदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।  प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । 

दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षिय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो ।  

दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको पुष्पबाटिका एकेडेमीको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ११ बजे ठोक्किएका थिए । 

दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार