चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनाग्रस्त विमानका ४० हजारभन्दा बढी टुक्रा फेला

बिहीबार, चैत १७, २०७८

बेइजिङ–दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त  चाइना इस्टर्न एयरलाइन्सको विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा एक चिनियाँ अधिकारीले सो जानाकारी दिएका हुन् । भग्नावशेषका अधिकांश टुक्राहरू थप परीक्षणका लागि राखिएको चीनको नागरिक उड्यन प्रशासनको उड्यन सुरक्षा कार्यालयका प्रमुख झु ताओलले बताए । विमानका भग्नावशेष एक करोड वर्गमिटर क्षेत्रसम्म खोजिएको थियो ।  

खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोनलगायतका उपकरण प्रयोग गरिएको थियो । कुन्मिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान गुआङ्सीको टेङसिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार सबै १२३ जनाको मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार