नवलपरासीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु 

बिहीबार, चैत १७, २०७८

काठमाडौं, १७ चैत । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा बिहीबार बिहान ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हाल पहिचान नखुलेका अंदाजी ५० वर्षीय पुरुष रहेका छन् ।  ट्रकको ठक्करबाट घाइते भएका ती पुरुषलाई उपचारको लागि भरतपुर स्थित सरकारी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान पौने ९ बजे भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिएको थियो ।  ठक्कर दिने ट्रक सहित चालक इलाका प्रहरी कार्यालय गैंडाकोटको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार