स्रोत नखुलेको करिव ८ लाख रुपैयाँ सहित एक जना पक्राउ

बिहीबार, चैत १७, २०७८

महोत्तरी, १७ चैत । सम्सी गाउँपालिका–६ भेडपुर चोकबाट स्रोत नखुलेको नगद ७ लाख ९१ हजार रूपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–५ टिम्किया बस्ने २० वर्षीय वीरेन्द्र कुमार दास छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार