अछाममा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु 

बिहीबार, चैत १७, २०७८

अछाम, १७ चैत । अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् ।  ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टीएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार