चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बिहीबार, चैत १७, २०७८

चितवन, १७ चैत । चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकमा बुधबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाईकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ बर्षीय निरंजन श्रेष्ठ र पछाडी सवार उनकी ४० बर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् । वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पति सवार बागमति प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ५ बजे ठक्कर दिएको थियो ।  गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार