हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

बिहीबार, चैत १७, २०७८

काठमाडौं, १७ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बिहीबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो ।  ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार