सोसल मिडिया
Contact Us
युनिकोड
दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मामा कोरोनाभाइरस संक्रमण देखा परेको छ । कोरोनाभाइरसबाट सङ्क्रमितहरूलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरूमा कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको हो । ‘सम्भावित केही लक्षणहरू देखिएपछि राष्ट्रपति अल असद र श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो’, राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको वक्तव्यमा उल्लेख छ । सिरियामा कोरोनाभाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना सङ्क्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ ।–सिन्ह्वा