सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

मंगलबार, चैत १५, २०७८

काठमाडौँ, १५ चैत  ।  संसदीय सुनुवाइ  समितीले   अनुमाोदन गरेर  राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छ । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश  थिए ।
  नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन न्यायाधीश श्रेष्ठले खेलेको भूमिकाले सुनुवाई समितिले प्रशंसा गरेको थियो । 
न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा परेका थिए । न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो ।
उनले मुद्दा छिनोफानोका क्रममा  विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तक्र्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दि जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १५, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार